बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएपछि विवाद
सोमबार बिहान विराटनगरको लागि उडेको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाण्डौ फर्किएको थियो । विमान करिब दुई घण्टा आकाशमै इन्धन सक्ने सम्म उडाएर पाईलट आङ गेलु शेर्पा साहस र टेक्निक ले विमानलाई सकुसल अवतरण गराउन सफल भए लगत्तै सबै नेपालीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत् जय पशुपति नाथ भन्दै पुकार गरे पछि सामाजिक सञ्जालमा भिविन्न टिकाटिप्पणी भएको हो । पाईलट शेर्पालाई भन्दा बढी पशुपति नाथले नै सबैजनाको ज्यान बचाएका भनी आआफ्नो फेसबुक वालमा पोस्ट भएपछि टिकाटिप्पणी सुरु भएको हो ।
Comments
Post a Comment